05:54:45 am 25-May-2022

बजारमा आयो फरक विशेषता भएको राइड सेयिर‌ङ एप जायर


बजारमा आयो फरक विशेषता भएको राइड सेयिर‌ङ एप जायर

नेपाली बजारमा नयाँ राइड शेयरिङ जायर थपिएको छ । नेपाली युवाहरूले उक्त एप डेभलप गरेका हुन् । नेपालमै रोजगारी सिर्जना गर्ने गरि विकास गरिएको उक्त एपको मंगलवार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले औपचारिक शुभारम्भ गरे ।
नेपाली बजारमा टुटल, पठाओ, सहारा लगायतका राइड सेयरिंग एप छन् । जायर एपमा अनलाइन तथा अफलाइन दुवै सेवा उपलब्ध हुनेछन् । यसले महिलाहरुका लागि भनेर जायर पिंक सर्भिससमेत उपलब्ध गराउने भएको छ । नारी दिवसको अबसर पारेर सार्वजनिक एपले महिलालाई सुरक्षित यात्राको अनुभूति दिलाउने एप निर्माता कम्पनी सनबी होल्डिङका अध्यक्ष मिठाराज दाहालले बताए ।
दाहालका अनुसार एप सार्वजनिकसँगै युवापुस्ताको टीमले केही गर्ने सोच र उद्देश्यलाई पूरा गर्दै एक गन्तव्यबाट अर्को गन्तव्य सहजै सेवा लिन सकिने सुविधा आफूहरूले दिएको बताए । सेवा दिने गरी जायर एप सार्वजनिक भएको हो ।
नेपाली युवाहरूले बनाएको एपले महिलाको रुचिअनुसारको सेवा दिने बताएको छ। यसले महिला राइडरबाट सेवा लिन महिलाहरूलाई सहज हुने छ । यो एपमार्फत मोटरसाइकल र ट्याक्सी दुवैको सेवा लिन सकिने छ । यो एपका प्रयोगले सेवा लिएवापत क्वाइन जम्मा हुँदै जानेछ । उक्त क्वाइनलाई सापटीको रूपमा साथीलाई दिन मिल्ने छ । जम्मा भएको क्वाइनबाटै एपको सुविधा लिन सकिने सहितको विशेषता राखिएको कार्यक्रममा जानकारी दिइएको छ ।

एप सार्वजनिक गर्दै शिक्षामन्त्री पौडेलले थाकेको बटुवालाई सेवा दिन्छ भन्ने सन्देश दिएर आएकोले पनि यसको विशेषताले आफूलाई उत्साहित बनाएको बताए । उनले जायरको सफलताको कामना गर्दै आफ्नो तर्फबाट हुने साथ र सहयोग सधैँ रहने बताए ।

एपको विकास गर्न वित्तीय सहयोग गर्ने ज्योति विकास बैंकका निमित्त महाप्रबन्धक रामहरि आचार्यले अरुलाई प्रेरणा दिने गरी जायर एप आएको बताए । उनले जायर टिमले लिएको उद्देश्य, एपबाट दिने सेवा र सुविधाले प्रयोगकर्तालाई आकर्षित गर्न सक्ने विश्वस्त आधारहरू रहेको पनि बताए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]