08:11:08 am 03-Jul-2022

बर्तमान नेपाल आर्थिक संकट कारण र परिणाम


बर्तमान नेपाल आर्थिक संकट कारण र परिणाम

युवापोष्ट ११ जेठ, काठमाण्डौ ।  नेपाल एक विकासशील राष्ट्र हो । यहाँको अर्थतन्त्रको परिसुचकहरु अत्यन्त नै कमजोर अवस्थामा रहेका छन् । अहिले सोधान्तर घाटा बढ्दो अवस्थामा रहेका छन् । समग्र राजस्वले चालु खर्च पनि धान्न सक्ने अवस्था पनि छैन। आम जनताको अनुभुति छ राजस्वको दर एकदमै बढि छ । देशमा महंगीले सगरमाथा छोईसक्यो । आम जनताको जनजीवन कष्टकर बन्दै गएको छ । देशभित्र रोजगारीका अवसरहरु अत्यन्त न्यून छ । बैदेशिक रोजगारीको समस्याले समाज बिखण्डन तर्फ अगाडि बढ्ने मात्र होईन सामाजिक सम्बन्धहरु कमजोर हुँदै गएका छन् । रेमिट्यान्सको आप्रबाह दर न्युन छ। ब्याजदर महंगो छ । बैंकिङ्क च्यानलबाट रिण पाउन करिब असम्भव जस्तै छ ।उद्योग ब्यवसाय गर्नेले औद्योगिक बाताबरण नभएको गुनासो गर्दछन् भने सरकारलाई राजस्व उठाउन धौ धौ छ । यसको पृष्ठभूमीमा यस लेखमा यसका कारण र परिणाम छुट्याउने प्रयास गरिएका छन् ।

 कारणहरुः- के हुन सक्छन त नेपालका आर्थिक संकटका कारणहरु सबै कारणहरुलाई तत्कालिक र दिर्घकालिन भनि छुट्याउन सकिन्छ ।तल उल्लेखित कारणहरु मात्र पर्याप्त छैनन् । यिनीहरु प्रतिनिधिमुलक कारणहरु मात्र हुन् । यी सबै कारणहरु यो सानो लेखमा चर्चा गर्न सम्भव छैन । केहि प्रतिनिधिमुलक कारणहरु तल उल्लेख गरिएका छन् ।

तत्कालिक कारण ति सबै संकटहरु

१. सोधान्तर घाटा बढेर जानुः- बिश्यव्यापीरुपमा आएको कोरोना माहामारीबाट नेपाल पनि अछुतो रहन सकेन । यसले नेपालको उत्पादन प्रणाली ध्वस्त पार्यो भने आयात ह्वात्तै बढ्यो । रेमिट्यान्सको आप्रवाहको दर घट्यो ।

२. रुस युक्रेन युद्धः- रुस युक्रेन युद्धले बिश्वब्यापी रुपमा खाद्यान्न, पेट्रोलियम पदार्थ र ईलोक्ट्रोनिक्स सामाग्रीहरुको मूल्य ह्वात्तै बढ्यो । यसले महंगी बढ्यो । पेट्रोलियम पदार्थको मुल्य करिब १००% भन्दा बढि बढ्यो । यसको मुल्यबृद्धिले ३०% भन्दा बढि पैसा पेट्रोलियम पदार्थको मुल्य तिर्न लाग्छ ।

३. कोरोना महामारी पछि आयात बढ्नुः- कोरोना महामारीको अन्त्य पछि आर्थिक गतिबिधिको बढोत्तरीसँगै आयात तथा र पुँजिगत खर्च बढ्ने गर्दा आयात बढ्यो ।

४. बिटक्वाईनमा लगानीः- देश भित्र पनि बिभिन्न माध्यमबाट यसको ब्यवसाय बढोत्तरी भएको यदाकदा सुनिन्छ भने यसमा बिदेशमा रहेका नेपालीले बढी लगानी बढाउँदै आएका छन् । त्यसले नेपालमा बिदेशि मुद्राको संचिति घट्ने निश्चित छ ।

 दिर्घकालिन कारण

१. आयातमुखि अर्थतन्त्रः- राज्यले आयातलाई प्रोत्साहित गर्दै राजस्व बढाउने धुनमा अर्थतन्त्रको आकारमा बढोत्तरी हुने तर उत्पादन घट्दै गयो राज्य द्वन्द्वमा गयो। उत्पादनमुलक उद्योगहरु क्रमशः घाटामा जाँदै गए २०४८ सालमा उद्योग क्षेत्रको योगदान १५% हुँदा हाल अहिले करिब ३% भन्दा कम छ ।

२. बैदेशिक रोजगारीः- देश रेमिट्यान्सबाट आत्मनिर्भर हुने मुतको न्यानोको स्वप्नमा डुब्दै गयो वास्तविकतामा त्यस्तो छैन। यसले देशलाई परनिर्भर बनाउँछ भने सामाजिक सम्बन्धहरु टुट्दै जान्छन् भने आर्थिक उत्पादनका बिकल्पहरु सिमित हुँदै जान्छन् ।

 ३. भ्रष्टाचार, कुशासनः- यसको चक्रले देशलाई उत्पादनलाई निरुत्साहित गर्छ । महंगी बढाउछ । अबैध धनको कुचक्रले देशलाई जकड्छ । अर्थतन्त्रलाई अझ बढि परनिर्भर गराँउछ ।भौतिक पुर्वाधारहरु बनाउन बढि लागत लाग्छ । कार्टेलिङ्ग र सिण्डिकेटले प्रश्रय पाँउछ । यसले नागरिकले पाउने सेवा र सुविधाको लागत बढ्न जान्छ । साथै राज्य संयन्त्र प्रति नागरिकको विश्वास घट्छ ।

 ४. राजनैतिक पद्धतिः- स्पष्ट बहुमत नआउने पद्धति र अल्पमतले बहुमतलाई शासन गर्ने पद्धतिले राज्यमा छलकपट र छिर्के लगाउने पद्धतिको बिकास गराउँछ ।

 यस संकटबाट बच्ने उपायहरुः-

यस संकटबाट बच्ने उपायहरुलाई दुई भागमा बिभाजन गर्न सकिन्छ । अल्पकालिन र दिर्घकालिन उपायहरु  तल उल्लेखित उपायहरु पनि केही उदाहरण मात्र हुन् । यि मात्र पर्याप्त छैनन् ।

अल्पकालिन उपायहरु

१. आयातलाई निरुत्साहित गर्नेः- अत्यावश्यक बाहेकका बिलासिताका बस्तुहरुलाई आयातमा प्रतिबन्ध लगाउने सरकारले यो कदम चालेकै छ । यसलाई अझ बढि फराकिलो बनाउन जरूरी छ ।

२. बैदेशिक सहयोगः- देशमा बिदेशि मुद्राको संचिति बढाउन यो एक उपाय हुन सक्छ । सहुलियत दरको ऋण र अनुदानको उचित उपयोगले देशले बिदेशी मुद्राको संचितिलाई बढाउन सहयोग पुग्छ ।

 ३. रेमिट्यान्स र एनआरएन लगानी बढाउनेः- देशमा प्रत्यक्ष बैदेशिक लगानी बढाउने त्यसका लागि एन आर एनको लगानी बढाउने साथै रेमिट्यान्स आप्रबाह बढाउने ।

दिर्घकालिन उपायहरु

  • उत्पादनमा जोड दिनेः- स्वदेशी बस्तु, श्रम र पुँजीको उपयोगबाट पहिले आयात घटाउँदै लाने यसको लागि तयारी बस्तु ल्याउन रोक लगाउने साथै त्यसमा भन्सार बढी लगाउने, न्युन बिजकीकरण रोक्ने, चोरी निकासी पैठारीलाई नियन्त्रण गर्ने उपायहरु लगाउने
  • बिद्युतीय उपभोग बढाउनेः- बिद्युतीय सवारी साधनहरुलाई प्रोत्साहित गर्ने, ग्यासँको सट्टा ईण्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने
  • भ्रष्टाचार र सुशासनमा बढोत्तरी गर्नेः- पारदर्शिता, जवाफदेहिता आदि असल शासनका आयामहरु हुन् । यसलाई जोड दिने ।
  • राजनीति सुधारः- अल्पमतले बहुमतलाई शासन गर्ने परिपाटी अन्त्य गर्नको लागि हरेक कार्यकारी पदमा कम्तिमा ५०% मत नल्याउने मानिसलाई निर्वाचित घोषणा नगरी पुःन बढि मत ल्याउने दुईजना बीच मात्र प्रतिस्पर्धा गराउँदै ५०% भन्दा बढि मत ल्याउने उमेद्वारलाई मात्र बिजयी घोषणा गर्ने परिपाटी बसाउने हो भने राजनैतिक खिचातानी र द्वन्द्वलाई जनमतले पराजित गर्छ । साथै प्रत्यक्ष कार्यकारी पदहरु सिधै निर्वाचन मार्फत छनौट गर्ने पद्धति बसाल्ने । यसले अस्थिरताको राजनीति केही हदसम्म न्यूनिकरण हुन्छ ।
  • दिर्घकालिन नीति र रणनीति बनाउनेः- केही आर्थिक, परराष्ट्र, शुरक्षा लगाएत देशलाई दिर्घकालिन असर पार्ने किसिमका नीतिहरुमा सबै किसिमका राजनैतिक दलहरुमा न्युनतम सहमति भई सो अनुरुप नीति र रणनीति बनाउदै त्यसलाई उद्योग ब्यवसाय मैत्री बनाउने

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]