07:46:23 am 03-Jul-2022

बलत्कार आरोपी मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग दाबी


बलत्कार आरोपी मनोज पाण्डेलाई १८ वर्ष कैद सजाय गर्न माग दाबी

युवापोष्ट २ असार, काठमाण्डौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुईवटा मुद्दा दर्ता भएको छ । हिजो बुधवार मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले बताए ।

८ बर्ष अघि सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध बलत्कारमा हदम्यादको कानुन बाधक भएकाले हदम्यादको प्राबधान नभएको मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । नेपाल प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कार्यालय काठमाण्डौंले अदालतमा अभियोग पत्र दायर गरेको छ ।

मानव बेचबिखन मुद्दामा १० देखी १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न मागदाबी लिइएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा बलात्कार गरेको पीडित युवतीको आरोप छ । पाण्डे बिरुद्ध एक नावालिगले सामाजिक संजालमा आफुलाई बलत्कार गरेको भनि भने पछि राष्ट्र निकै संवेदनशील भएको थियो साथै बलत्कार बिरुद्ध हदम्यादको प्राबधानमा प्रदर्शन भएका थिए । प्रहरी, सरकारी वकिल पक्षले पाण्डेलाई कारवाही गर्ने आधार खोज्न लागि परेका थिए । त्यसपछि पाण्डेविरुद्ध एक नाबालिगले यौन दुर्व्यवहारको जाहेरी दिएकी छिन् । आज अदालतमा बयान पछि पाण्डेको मुद्दामा थुनछेक बहस सुरु हुन्छ । 

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]