बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको हो । अक्षय कुमारकी आमाको स्वास्थ्य निकै लामो समयदेखि ठिक थिएन । ३ सेप्टेम्बरमा अरुणा भाटियालाई मुम्बईको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको थियो , उनी आइसीयूमा थिइन् । उनको स्थिति निकै नाजुक थियो । जसका कारण लण्डनमा सुटिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छोडेर अक्षय सोमबार मुम्बई आएका थिए ।