क्रिसमसको अवसरमा ओटीटी माध्यम बाट प्रदर्शनमा आउने भनिएको अक्षय कुमार, सारा अली खान र धनुष अभिनित हिन्दी चलचित्र ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक भएको छ ।विहारकी युवती र तमिल युवाको प्रेम कहानी रहेको ‘म्युजिकल ड्रामा’मा आधारित यो चलचित्र ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारमा डिसेम्बर २४ मा रिलिज हुनेछ ।विहारकी एक युवतीको इच्छा विपरित तमिल युवासँग विवाह भएको हुन्छ र ती एक युवतीको दुई पुरुषसँग सम्बन्ध बनाउने कथालाई यस फिल्ममा देखाइएको छ। बुधबार सार्वजनिक गरिएको ट्रेलरमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।