07:50:25 pm 25-May-2022

बस्नका लागि विश्वकै सबैभन्दा महँगो सहर बन्यो तेल अभिभ


बस्नका लागि विश्वकै सबैभन्दा महँगो सहर बन्यो तेल अभिभ

युवा पोस्ट, मंसिर १६,२०७८,
इजरेलको तेल अभिभ विश्वकै सबभन्दा महँगो सहर बन्न पुगेको छ। इकोनमिस्ट इन्टेलिजन्स यूनिटद्वारा (ईआईयू) मा प्रकाशित वार्षिक सर्वेक्षणमा प्यारिस र सिङ्गापुर सबैभन्दा महँगा सहरको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा छन ।उक्त सर्वेक्षणमा तेल अभिभ पहिलो स्थानमा पुगेको यो पहिलो पटक हो। गत वर्ष उक्त सहर पाँचौँ स्थानमा थियो। संसारभरिका १७० वटा सहरमा उपलब्ध वस्तु तथा सेवाका मूल्य अमेरिकी डलरमा तुलना गरेर वर्ल्डवाइड कस्ट अफ लिभिङ इन्डेक्स सूचीकृत गरिन्छ। आन्तरिक युद्धले क्षतविक्षत सिरियाको राजधानी दमास्कस सबैभन्दा सस्तो सहरका रूपमा सूचीकृत भएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]