08:02:59 am 24-May-2022

बहुप्रतिक्षित चलचित्र आरआरआर को ट्रेलर रिलिज


बहुप्रतिक्षित चलचित्र आरआरआर को ट्रेलर रिलिज

युवा पोस्ट, मंसिर २३ ,२०७८,
एसएस राजामौलीको निर्देशनमा बनेको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। दुईवटा फरक समयको कथा प्रस्तुत गर्ने यो सिनेमामा राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा छन्। उनीहरूसँगै आलिया भट्ट, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी, रे स्टेभन्सन लगायतको अभिनय रहेको छ। यस चलचित्रलाई यो वर्षको बहुप्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ। फिल्मको रिलिज डेट ७ जनवरी २०२२ लाई तोकिएको छ। डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको सिनेमाको बजेट ४५० करोड भारू भएको बताइएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]