06:36:26 am 25-May-2022

बागी उमेद्वारी- फिर्ता नलिए स्वतः निष्कासन- नेपाली कांग्रेस


बागी उमेद्वारी- फिर्ता नलिए स्वतः निष्कासन- नेपाली कांग्रेस

युबापोष्ट १६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयबाट प्रकाशित बिज्ञप्तिले आसन्न  स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने बिधानको ब्यवस्था देखाउदै  कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिब कृष्णप्रसाद पौडेलले पार्टिको आधिकारिक उमेद्वारबिरुद्ध बागी उमेद्वारी दिएको आज अर्थात बैसाख १६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेद्वारी फिर्ता लिन आग्रह गर्दै प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

प्रेस बिज्ञप्तिमा चेतावनीयुक्त भाषा प्रयोग गर्दै ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, लेखिएको छ ।

नेपाली कांग्रेस प्रेस बिज्ञप्ति

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]