बार्सिलोना छाडेर एट्लेटिकोमा अनुबन्ध भए ग्रिजम्यान
एट्लेटिको मड्रिडले फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ । दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका हुन् । एट्लेटिकोले स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा क्लब फर्काएको हो । बार्सिलोनाका सदावहार फरवार्ड लियोनेल मेस्सी अगस्टको सुरुमै पेरिस सेन्ट जर्मेन ९पीएसजी० प्रस्थान गरेपछि ग्रिजमनलाई सेन्टर फरवार्डको जिम्मेवारी मिल्ने संकेत मिलेको थियो । मेस्सी सहित यस सिजनमा बार्सिलोना छाड्ने उनी ११औं खेलाडी हुन् । बार्सिलोनाले आफ्ना सर्वाधिक गोलकर्ता मेस्सीलाई पनि हालै गुमाएको हो ।