पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लिओनल मेस्सीले बार्सिलोनामै फर्किने इच्छा व्यक्त गरेका छन् । बार्सिलोना छाडेर पीएसजी पुगेका अर्जेन्टिनी स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।मेस्सीले क्याटलान क्लब बार्सिलोना टेक्निकल सचिव बन्ने मनासय राखेका छन् ।मेस्सीले यसै समरमा क्याटलान क्लब बार्सिलोना छाडेर पीएसजी पुगेका थिए ।