07:02:43 pm 24-May-2022

बिजुलीका कारण हुने आगलागीका प्रमुख कारणहरू के हुन् ?


बिजुलीका कारण हुने आगलागीका प्रमुख कारणहरू के हुन् ?

युवा पोस्ट, मंसिर २० ,२०७८,

बिजुलीबिना हाम्रो दैनिक जीवन कल्पना पनि गर्न नसकिने भइसकेको छ। तर मानिसका लागि वरदान बनेको विद्युत सामान्य असावधानीका कारण कहिलेकाहीँ अभिशाप बनिदिन्छ। काठमाण्डौ महानगरपालिकाको वारुण यन्त्रशालाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा काठमाण्डूमा भएका आगलागीका ३०५ घटनामध्ये १७८ वटा विद्युत् शर्ट भएर, २१ वटा ग्यास चुहिएर र बाँकी ११४ वटा अन्य कारणबाट भएका छन् । सामान्यतया बिजुलीका कारण हुने आगलागीको चर्चा गर्दा शर्ट भएको कुरा सुनिन्छ। तर विद्युत् शर्ट भएर आगलागी विरलै हुन्छ। विद्युतजन्य आगलागीका लागि सामान्यतया दुईवटा कुरा अपरिहार्य छन् विद्युतीय करेन्ट प्रवाह हुने तार अत्यधिक तात्नु र त्यसको नजिकै प्रज्वलनशील सामग्री हुनु।
बिजुलीका कारण हुने आगलागी तथा दुर्घटनाका प्रमुख कारणहरू के हुन् ?

• धेरै पुराना वायरिङमा प्रयोग भएका सुचालक तथा सुरक्षार्थ राखिएका कुचालकहरूको गुणस्तर घट्दै जान्छ र तिनको करेन्ट वहन वा ताप सहन गर्ने क्षमतामा ह्रास भई आगलागी हुने गर्छ ।

• घर वा कार्यालयमा धेरैवटा विद्युतीय उपकरणलाई एउटै ठाउँबाट विद्युतीय एक्स्टेन्शन प्लगको सहायताले जोड्ने गरिन्छ । तर त्यसले धान्न सक्ने अधिकतम क्षमताबारे ध्यान पुर्‍याइएको हुँदैन। परिणामस्वरूप अधिक भारका कारण आगलागी हुने गर्छ ।

•हीटर लामो समयसम्म बालिराख्दा बाहिरी भागमा भएको कुचालक तातेर वा लापरबाहीका कारण नजिकै कपडा वा अन्य ज्वलनशील सामग्री राख्दा तिनमा आगलागी हुने गर्छ ।

• कुनै सुचालक वा उपकरणमा त्यसले प्रवाह गर्ने अधिकतम क्षमताभन्दा बढी विद्युत् प्रवाह भयो भने ताप उत्पन्न भई आगलागी हुन्छ ।

•पुराना तथा लामो समयसम्म प्रयोग नगरी राखिएका उपकरणहरू प्रयोग गर्दा विद्युतीय सम्पर्क बिन्दुहरू खुकुलो भई झिल्का निस्किएर वा तातेर आगलागी हुने गर्छ ।

• कुनै पनि सुचालकको करेन्ट प्रवाह गर्ने क्षमता त्यसको सुचालकता, आकार लगायतका कुरामा निर्भर गर्छ। अन्तर्राष्ट्रिय मापदण्डले करेन्टको मात्राअनुसार विभिन्न सुचालक (तामा वा एल्युमिनीअम) का तारको मोटाइ निर्धारण गरेको छ। कम मोटाइका तार वा मापदण्ड नपुगेका उपकरणको प्रयोग गर्दा आगलागी हुन सक्छ ।

• बिजुलीको प्लगमा उपकरण जोड्दा वा अन(अफ गर्दा आगोको झिल्का निस्किन्छ। यदि नजिकै ज्वलनशील पदार्थ छ भने आगलागी भई विष्फोटन पनि हुन सक्छ ।

•पुराना तथा लामो समयसम्म प्रयोग नगरी राखिएका उपकरणहरू प्रयोग गर्दा विद्युतीय सम्पर्क बिन्दुहरू खुकुलो भई झिल्का निस्किएर वा तातेर आगलागी हुने गर्छ ।

• सामान्यतया न्यून भोल्टेज प्रणालीमा अर्थिङको भूमिका अचानक हुने विद्युतीय करेन्ट वा भोल्टेजको वृद्धि तथा विद्युत् चुहावट हुँदा त्यसलाई सरल तथा न्यून अवरोधात्मक बाटो प्रदान गरी उपकरणहरूलाई बचाउनु र अन्य दुर्घटनाबाट जोगाउनु हो। अर्थिङ नगर्दा स्वाभाविक रूपमा दुर्घटना हुन सक्छ। तर अर्थिङ गरिएको भए पनि अवैज्ञानिक वा गलत अभ्यासका अर्थिङका कारण वा मापदण्ड नपुगेका सामग्री प्रयोग गर्दा अर्थिङ प्रभावकारी नहुँदा दुर्घटना हुने गर्छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]