बिबिध

खसीको हड्डिको सुप बनाउने तरिका

October 24th, 2021 by

दसैंमा राखेको खसीको खुट्टा तपाईहरुकोमा होला अब हेरौं उक्त खुट्टाबाट हड्डीको सुप बनाएर खाँदा यो स्वादिलो हुनुका साथै यसले तपाईलाई जाडोमा न्यानो पार्न सघाउ पुर्‍याउँछ । हड्डीको सुप बनाउन सर्वप्रथम भाँडोमा तोरीको तेल तताउने । त्यसमा कुटेको/पिसेको अदुवा, लसुन, प्याज राखेर फ्राइ गर्ने । रातो भएपछि हड्डी हालेर मज्जाले केहिबेर फ्राइ गर्ने । त्यसपछि टमाटरको […]

सुर्खेतको सामुदायिक वनमा बम पड्किँदा दिदी-भाइ घाइते

October 23rd, 2021 by

4:59 PM कार्तिक ६, सुर्खेत। सुर्खेतमा अवस्थित वीरेन्द्रनगर नगरपालिका-७ मा रहेको कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा शनिवार बिहान ११ बजे घाँस काट्न भनी गएका दिदी-भाइ घाइते भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार त्यस सामुदायिक वनमा घाँस काट्न […]

कसरी बनाउने खसीको मासुको पक्कु ?

October 8th, 2021 by

दशैंमा खसीको पक्कु बनाउने प्रचलन नेपाली समाजमा पुरानै हो । आउ यो २०७८ सालको दशैंको पक्कु युवा पोष्ट संग मिलेर बनाउनुहोस् रमाइलो दर्शैं आवश्यक सामाग्री खसीको मासु १ केजी, तोरिको तेल ३ चम्चा, अदुवा लसुनको पेस्ट २ चम्चा, डेढ चम्चा जिरा धनियाको पाउडर, एक चम्चा खुर्सानीको पाउडर, आधा चम्चा सुकमेलको धुलो, २ चम्चा घ्यु र मरिचको […]

साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सको जितसँगै नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो

October 8th, 2021 by

माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।बिहीबार माल्दिभ्सले प्रतियोगितामा अपराजित रहेको बंगलादेशलाई २-० ले पराजित गरेसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा पकड जमाउन सफल रहयो । अब नेपालले आइतबार भारतसँग खेल्दै छ। यो खेल जितेमा नेपाल एक खेलअगावै फाइनलमा पुग्नेछ भने बराबरीले पनि सम्भावना जीवितै रहनेछ तर हारले […]

मुम्बईको पोर्टमा छापा, एक अर्ब २५ करोडको हेरोइन बरामद

October 8th, 2021 by

बलिउड सुपरस्टार शाहरुख खानको छोरा आर्यन लगायत ८ जना पक्राउ परेको क्रुजमा राजस्व निर्देशनालय (डिआरआई) ले मारेको छापामा २५ केजी हेरोइन बरामद गरिएको छ । उक्त हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब २५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।हेरोइनसँगै डिआरआईले एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बईका ६२ वर्षीय जयेश सांघवी […]

अमेरिकी सैनिकको परमाणु पनडुब्बी चीन सागरमा दुर्घटना

October 8th, 2021 by

अमेरिकी सैनिककोयूएसएस कनेक्टिकट परमाणु पनडुब्बी दक्षिण चीन सागरमा अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्।घटनापछि पनडुब्बीमा कुनै ठूलो क्षति नभएको र आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको बताइएको छ । अमेरिकी सैनिकको यूएसएस कनेक्टिकट संसारकै सबैभन्दा बढी विवादित मानिने क्षेत्रमा परिचालित छ।

नेपाली काँग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

October 7th, 2021 by

नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष नगर्ने भएको छ  । कोरोना महामारीको  जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै काँग्रेसले    चियापान कार्यक्रम नगर्ने भएको हो ।

लामो प्रयासपछि अफ्रिकामा मलेरिया विरुद्धको खोप वितरण गर्न ‘ऐतिहासिक अनुमति’

October 7th, 2021 by

धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ । लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ। परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने […]

पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु

October 7th, 2021 by

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । भूकम्पले भत्काएका घरहरूका भग्नावशेषहरूमा मानिसहरू पुरिएका अनुमानका माझ विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । ठूलो संख्यामा भवनहरू क्षतिग्रस्त भएका कारण […]

बालबालिकाका लागि खोप आयात अन्तिम चरणमा

October 6th, 2021 by

नेपालमा १२ देखि १७ वर्षका बालबालिकालाई दिइने खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्। नेपालले हाल फाइजर र मोडेर्ना खोप आयात गर्नका लागि पहल अघि बढाएको र सो को शुल्क तिरिसकेको बताइएको छ। गत अगस्ट महिनाको दोस्रो साता नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको विश्व ब्याङ्कले […]