11:09:52 pm 21-Sep-2021

अफगानिस्तानका प्रमुख तीन शहर कब्जा गर्ने तालिबानको प्रयास, हिंसात्मक द्वन्द्व जारी


अफगानिस्तानका प्रमुख तीन शहर कब्जा गर्ने तालिबानको प्रयास, हिंसात्मक द्वन्द्व जारी

अफगानिस्तानमा अफगानि सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर हेरात, लश्कर गह र कान्दहारभित्र तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ । अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ। सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका हुन्। सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन्। यद्यपी प्रमुख शहरहरु भने अफगान सेनाकै नियन्त्रणमा रहेका छन् ।दुईपक्षीय भिडन्तका कारण अफगानिस्तानमा गम्भीर मानवीय संकट आउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।तालिबानले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ।

अमेरिकी नेतृत्वमा तालिबानलाई सन् २००१ को नोभेम्बरमा सत्ताच्यूत गरिएको थियो। तालिबानले सेप्टेम्बर ११ मा अमेरिकामाथि आक्रमण गरेको अल कायदाका ओसामा बिन लादेन र अन्य प्रमुख नेताहरूलाई शरण दिएको कारण आक्रमण गरिएको थियो।तर अन्तर्राष्ट्रिय सेनाको लगातार उपस्थिति, अफगान सेनाको सहयोग र तालिममा खर्च गरिएको करोडौँ डलरका बाबजुद तालिबान पुनः शक्तिशाली भएर निस्केको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]