11:08:42 pm 21-Sep-2021

अरूलाई कोरोना भाइरस सारेको अभियोगमा भियतनाममा एक व्यक्तिलाई पाँच वर्ष जेल


अरूलाई कोरोना भाइरस सारेको अभियोगमा भियतनाममा एक व्यक्तिलाई पाँच वर्ष जेल

भियतनामका ले भान ट्री नाम गरेका एक व्यक्तिले कोभिड-१९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा पाँच वर्ष जेल सजाय सुनाइएको छ। उनले आठ जनालाई कोरोना भाइरस सारेको एउटा अदालतले ठहर गरेको हो।ती आठ जनामध्ये एक जनाको उक्त रोगकै कारण मृत्यु भएको बताइएको छ। केही समयअघिसम्म भियतनाममा कोभिड नियन्त्रण गर्न कडा प्रतिबन्धहरू सफलतापूर्वक लागु गरिएको थियो।

२८ वर्षीय ट्री राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर भएको सा माऊ प्रान्त गएको बताइएको छ। सा माऊमा उनले स्वास्थ्य फारम भर्दा यात्रासम्बन्धी विवरणबारे असत्य कुरा लेखेको पाइएको थियो। अनि उनले आइसोलेशनसम्बन्धी नियम पनि पालना नगरेको पाइयो। स्थानीय निकायले त्यतिबेला अरू प्रान्तबाट सा माऊ आउने सबै मानिसले तत्कालै २१ दिन अरूबाट अलग्गिएर बस्नुपर्ने नियम लागु गरेको थियो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]