11:42:45 pm 21-Sep-2021

आज ३,८९९ जनामा कोरोना भाइरस सङ्क्रमण, २० जनाको मृत्यु


आज ३,८९९ जनामा कोरोना भाइरस सङ्क्रमण, २० जनाको मृत्यु

नेपालमा आज थप ३,८९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २० जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार अपरान्ह सार्वजनिक तथ्याङ्कअनुसार १७,५१८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।तीमध्ये ४,८६३ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ४२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,७५८ पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,७७८ जना सङ्क्रमणमुक्त भएका छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]