02:14:37 pm 21-Sep-2021

आन्तरिक राजस्व कार्यालयले गर्यो खरिद खाता ,बिक्री खाताको ढाँचा परिवर्तन


आन्तरिक राजस्व कार्यालयले २०७७ /०७८ को अन्त्य तिर आइपुग्दै गर्दा नयाँ आर्थिक वर्षको लागी पहिले चल्दै आएको खरिद खाता बिक्री खाताको ढाँचा परिवर्तन गरेको छ ।
पहिलेको बिक्रि खातामा मिती,बिजक नम्बर,खरिदकर्ताको नाम,खरिदकर्ताको स्थायी लेखा नम्बर,जम्मा बिक्री,करछुटको बिक्री,शुन्यदरको बिक्री(निर्यात) र कर योग्य बिक्रि गरी आठ वटा स्तम्भ रहेको हुन्थ्यो भने, अहिले परिवर्तन भएको बिक्रि खाताको ढाँचामा मिती,बिजक नम्बर,खरिदकर्ताको नाम,खरिदकर्ताको स्थायी लेखा नम्बर,वस्तु वा सेवाको नाम,वस्तु वा सेवाको परिणाम,जम्मा बिक्रि निकासी,स्थानिय कर छुटको बिक्रिमूल्य,करयोग्य बिक्रि मूल्य,कर,निकासी गरेको देश गरेको ,निकासी प्रज्ञापन नम्बर,निकासी प्रज्ञापन मिती भनी १३वटा स्तम्भ रही बिक्रि खाताको ढाँचापहिलेको भन्दा निकै छुटै रहेको छ ।
त्यस्तै खरिद खातामा पनि पहिले मिती,बिजक नम्बर,आपूर्तिकर्ताको नाम,आपूर्तिकर्ताको स्थायी लेखा नम्बर,जम्मा खरिद मुल्य,करछुटको खरीद मूल्य,करलाग्ने योग्य खरिद,कर योग्य पैठारी र पूँजिगत योग्य खरीद पैठारी गरी ९ स्तम्भ हुन्थ्यो भने अहिले आएको नयाँ ढाँचा अनुसार मिती,बीजक नं., प्रज्ञापन नम्बर,आपूर्तिकर्ताको स्थायी लेखा नम्बर,खरिद/पैठारी गरिएको वस्तु वा सेवाको विवरण, खरिद/पैठारी गरिएको वस्तु वा सेवाका परिणाम,जम्मा खरिद मूल्य,कर छुट हुने वस्तु वा सेवाको खरिद/पैठारी मूल्य,करयोग्य खरिद पूँजीगत बाहेक,करयोग्य पैठारी पूँजीगत बाहेक,पूँजीगत करयोग्य खरिद पैठारी भनी १२ वटा स्तम्भ थपिएको छ ।
नया परिवर्तित ढाँचा को खाका हेर्नुहोस् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]