10:16:09 pm 21-Sep-2021

एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवदेन खुलाको घोषणा


एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवदेन खुलाको घोषणा

नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ ।
आवदेनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन् ।
पेश भएका आवदेनमध्ये एग्री विजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट दश आईडियाहरु सर्टलिस्टेड गरिनेछ । ती आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले १ हप्ता लामो वृहत उद्यमशिलता सम्बन्धि प्रशिक्षण बूटक्याम्प, पाँच महिना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउन सक्ने छन् । एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम अन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तिय सहयोग पाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]