08:05:58 pm 20-Oct-2021

कसरी बनाउने खसीको मासुको पक्कु ?


कसरी बनाउने खसीको मासुको पक्कु ?

दशैंमा खसीको पक्कु बनाउने प्रचलन नेपाली समाजमा पुरानै हो । आउ यो २०७८ सालको दशैंको पक्कु युवा पोष्ट संग मिलेर बनाउनुहोस् रमाइलो दर्शैं

आवश्यक सामाग्री

खसीको मासु १ केजी, तोरिको तेल ३ चम्चा, अदुवा लसुनको पेस्ट २ चम्चा, डेढ चम्चा जिरा धनियाको पाउडर, एक चम्चा खुर्सानीको पाउडर, आधा चम्चा सुकमेलको धुलो, २ चम्चा घ्यु र मरिचको धुलोलाई , मरिचको धुलो चिम्टी तेज पात चार पिस, नुन स्वाद अनुसार ।

तयारी विधी

– सुरुमा खसीको मासुको पिस केही ठूलो बनाउनुहोस् र, सबै मसलाहरु हालेर माज्जाले मोल्ने ,मसाला मिक्स गर्दा थोरैमा पनि ५ मिनेटसम्म मोल्दा त्यो मसलाहरु मासुभित्र राम्रोसँग पसेर पक्कुको स्वाद अझ स्वादिलो हुन्छ । यसरी मिक्स गरिएको खसीको मासुलाई न्यूनतम १ घण्टा राम्रोसँग छोपेर राख्नुपर्छ ।

– खसीको पक्कुलाई कराइमा भन्दा कसौडी भाँडामा पकाउँदा स्वादिलो हुने र राम्रोसँग पाक्ने हुँदा सम्भव भएसम्म कसौडीमा पकाउँदा राम्रो हुन्छ ।

-चुलोमा कसौडी बसाएर कसौडी तातिएपछि मसला मिक्स गरी राखिएको मासुलाई कसौडीमा हाल्ने । मधुरो आगोमा कसौडीको मासु बेला–बेलामा चलाउँदै गर्ने । मासुको पानी सुकेर केही रातो भएपछि त्यसमा ल्वाङ, सुकमेल, दालचिनी, तेजपत्ता मासुमा राखेर चलाउने ।

-पक्कु बनाएरु धेरै दिनसम्म राख्ने हो भने त्यसमा नुन राख्नु हुँदैन तर तुरुन्तै खाने पक्कुमा स्वादअनुसार नुन मासुमा राखेर मिक्स गर्ने । नुनले खानेकुरालाई छिट्टै गलाउने हुँदा धेरै दिनसम्म राख्ने पक्कुमा नुन प्रयोग नगरि बनाएर खाने बेलामा मात्र नुन राखेर खाँदा राम्रो हुन्छ । साथै, पक्कुमा अदुवा लसुन, प्याज, टमटर केही पनि प्रयोग गरिदैँन । पक्कु सादा बनाउदा नै धेरै दिनसम्म राखेर खान सकिन्छ ।

– केही समयपछि पानीको मात्रा सुक्छ । र, अन्त्यमा शुद्द घिउ राखेर फेरी चलाउने । त्यसपछि पक्कु तयार हुन्छ ।

– पाकेपछि पनि यसलाई १० मिनेट छोपेर राख्नुपर्छ , अनि मात्र स्वादिलो हुन्छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]