10:43:47 pm 21-Sep-2021

को हुन् काबुलमा आक्रमण गर्ने ‘आइएस–के’ ?


को हुन् काबुलमा आक्रमण  गर्ने ‘आइएस–के’ ?

काबुल विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको ‘आईएस-के’ समूहको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स भएको सो समूह अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो। आइएस–के समूहलाई अफगानिस्तानमा रहेका जिहादी आतंकवादी समूहहरुमध्ये सबैभन्दा बढी खतरनाक र हिंस्रक समूह मानिन्छ। यो समूहले पछिल्ला वर्षहरुमा ठूलाठूला हमलाहरु गराउँदै आएको छ।

विशेषगरी छात्राहरु अध्ययन गर्ने विद्यालयहरु र अस्पतालहरुमा यो समूहले आक्रमण गर्दै आएको छ। यो समूहले गर्भवती महिला, शिशुहरु र नर्सहरुलाई लक्षित गर्दै प्रसूती वार्डमासमेत आक्रमण गरेको थियो। यो समूह आइएसको विश्वव्यापी सञ्जालको एउटा हिस्सा हो। आइएसको विश्वव्यापी सञ्जालले पश्चिमा मिसनमा रहेका अधिकारीहरुलाई जहाँ भट्यो त्यहीँ आक्रमण गर्ने गरेको छ।

आइएस –के समूहले हकानी नेटवर्कको माध्यमबाट तालिवानसँग सम्बन्ध स्थापित गरेको थियो। हकानी नेटवर्क तालिवानसम्बद्ध एक संगठन हो।  पछिल्लो समय तालिवान र आइएस–के समूहबीच ठूलो मतभेद छ। तालिवानले शान्ति सम्झौताका नाममा जिहाद र युद्ध मैदान छाडेको आइएस–के ले आरोप लगाउँदै आएको छ।

आगामी दिनमा तालिवानका लागि यो समूह मुख्य सुरक्षा चूनौतीका रुपमा आउने अनुमान गरिएको छ। इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को जनवरीमा यसको गठन गरिएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]