06:02:53 pm 20-Oct-2021

गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौँको प्रदर्शन


गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौँको प्रदर्शन

गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन्।टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन्। गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन्। गर्भपतनलाई कानुनी मान्यता भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी मार्च पास गरेका छन् ।अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले रो भि वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ।

Pro-choice activists supporting legal access to abortion protest during a demonstration outside the US Supreme Court in Washington, DC, March 4, 2020, as the Court hears oral arguments regarding a Louisiana law about abortion access in the first major abortion case in years. – The United States Supreme Court on Wednesday will hear what may be its most significant case in decades on the controversial subject of abortion. At issue is a state law in Louisiana which requires doctors who perform abortions to have admitting privileges at a nearby hospital. (Photo by SAUL LOEB / AFP) (Photo by SAUL LOEB/AFP via Getty Images)


गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले गर्भपतन विरुद्धका अभियानकर्मीले भ्रूणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए। तर महिलाहरूले त्यो समयसम्म महिलाहरूलाई आफू गर्भवती भए वा नभएको थाहा नै नहुने बताउँदै आएका छन्। हार्टविट एक्ट भनिएको नयाँ कानुनले छ हप्ता पछिको गर्भपतनमा संलग्न चिकित्सकमाथि मुद्दा चलाउन सक्ने अधिकार जोसुकै व्यक्तिलाई दिएको छ। आगामी डिसेम्बर १ अमेरिकाको सर्वोच्च अदालतले मिसिसिपि राज्यमा १५ हप्तापछि गर्भपतनमा रोक लगाउने कानुन विरुद्धको सुनुवाइ तय गरेको छ। यदि अदालतले यो कानुनलाई मान्यता दिए सन् १९७३ को रो भि वेड आदेश उल्टिन सक्छ। रो भि वेड ले आफू सक्षम नभएसम्म गर्भपतन गर्ने महिलाको अधिकार रक्षा गर्छ। आदेश अनुसार महिलाहरूले गर्भावस्थाको तेस्रो त्रैमासिक वा २८ हप्ता अघिसम्म गर्भपतन गर्न पाउँछन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]