06:46:40 pm 20-Oct-2021

चीनबाट आइपुग्यो ४४ लाख खोप, सोमबारबाट वितरण अभियान सुरु


चीनबाट आइपुग्यो ४४ लाख खोप, सोमबारबाट वितरण अभियान सुरु

चीनबाट खरिद गरेर शुक्रवार नेपाल आइपुगेको ४४ लाख मात्रा भेरो सेल खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने अधिकारीहरूले बताएका छन्। दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्छ। एकै पटकमा नेपालमा भित्रिएको खोपको यो सबैभन्दा ठूलो परिमाण हो। नेपालमा सम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो खोपको पहिलो मात्रा असोज ४ गते देखि १४ गतेसम्म र यसैको दोस्रो मात्रा कार्तिक ४ गते देखि १४ गतेसम्म दिइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले बताउनु भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]