10:42:19 pm 21-Sep-2021

तालिवानले महिलालाई मन्त्री पद नदिने


तालिवानले महिलालाई मन्त्री पद नदिने

अफगानिस्तानमा तालिवान शासन आएपछि धेरै महिलालाई असमान व्यवहार हुने चिन्ता विश्वलाई परिरहेको बेला सरकारमा महिलालाई सहभागी गराउनुपर्ने माग उठिरहेको छ । तर तालिवानले महिलाहरू सरकारमा सहभागी हुनसक्ने तर मन्त्री पद दिन नसकिने बताएको छ ।अफगानिस्तानको सन् २००४ को संविधानले २५० सिट रहेको संसद्को तल्लो सदनमा महिलाको २७ प्रतिशत सुनिश्चितता गर्दै राजनितीक अधिकार प्रयोग र अभ्यास गर्दै धेरै महिलाहरू मन्त्री, सांसद, मेयर सुरक्षा निकायका अधिकारी बनेका थिए । अन्तर्राष्ट्रिय समुदायले महिलाको अधिकार सुनिश्चित गर्न तालिबानलाई आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले महिला र बालबालिकाको अधिकारसहित मानवअधिकारहरूको रक्षा गर्न तालिबानलाई आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]