10:57:47 pm 21-Sep-2021

तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा आकर्षक प्याकेजको घोषणा


तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा आकर्षक प्याकेजको घोषणा

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाँड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो । भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । बेसिक प्याकेज लिँदा अरु बेलाको रेट रु. ८००० रहेकोमा तिजको अवसरमा रु.६६६६ कायम गरिएको छ ।
यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला रु. १०००० पर्नेमा तिजमा छुट गरी रु.७७७७ कायम गरिएको छ ।
यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य रु. १३४०० रहेकोमा तिजको अफर अन्तर्गत रु. ९९९९ तोकिएको छ ।
बेसिक तीज प्याकेजअन्तरगत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउण्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ ।
यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ । अरु बेला रु. ८६५० पर्ने प्याकेजलाई रु. ६५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ ।
फादर्स डे प्याकेजमा इएसआर, चेस्ट पीए, इसीजी, सुगर रेन्डम, यूरिक एसिड, लिपिड प्रोफाइल, यूरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टीजेन, पोटासियम, यूरिन रुटिन लगायतका जाँचहरु पर्नेछन् ।
यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्याण्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]