02:17:37 pm 21-Sep-2021

दुई दिनमा तालिबानीद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा


दुई दिनमा तालिबानीद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा

तालिबानहरूले अफगानीस्तानको उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ । देशका ग्रामीण इलाकाहरूमा कब्जा जमाउन सफल भएपछि हालैका हप्ताहरूमा तालिबानहरूले प्रमुख नगर र शहरहरूलाई निशाना बनाइरहेका छन् । शुक्रवार दक्षिण पश्चिममा अवस्थित निम्रोज प्रान्तको राजधानी जारन्जमाथि लडाकुहरूले नियन्त्रण कायम गरेका थिए। त्यसपछि तालिबानले सेबेरगान शहरमा नियन्त्रण कायम गरेको जनाएका थिए।

सेबेरगान पूर्व अफगान उपराष्ट्रपति तथा युद्ध सर्दार अब्दुल रासिद दोस्तुमको गढ हो र उनका समर्थकहरूले उग्रवादी विरूद्धको लडाइँको नेतृत्व गरिरहेका छन् । दुई दिनमा लडाकुहरूको नियन्त्रणमा पुगेको यो दोस्रो प्रान्तीय राजधानी हो । २० वर्षको सैनिक कारबाहीपछि विदेशी फौजहरू फिर्ता हुन लाग्दा तालिबानहरूले अफगानिस्तानमा आफ्नो पकड मजबुत बनाउँदै लगेका छन् । उत्तरमा कुन्दुज र दक्षिणमा लस्कर गामा पनि भीषण लडाइँ भइरहेका खबरहरु प्रपप्त भइरहेका छन्।
हालैका हप्ताहरूमा तालिबानहरूले छिमेकी देशहरूसँगका महत्त्वपूर्ण सीमा नाका पनि कब्जा गरेका छन्। खराब सुरक्षा अवस्थालाई ध्यान दिँदै संयुक्त राज्य अमेरिका र यूके सरकारले आफ्ना नागरिकलाई तुरुन्तै अफगानिस्तान छाड्न भनेका छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]