07:16:12 pm 20-Oct-2021

नबिल बैंक एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित


नबिल बैंक एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको TSCFP द्वारा व्यापार बित्तको बजारलाई उत्थानगर्दै व्यापारलाई हौशलादिनेउदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदानगर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ ।
एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा TSCFP संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]