07:22:56 pm 20-Oct-2021

नागढुंगा युवा क्लबद्धारा निशुल्क स्यानिटरी प्याड सहयोग


नागढुंगा युवा क्लबद्धारा  निशुल्क स्यानिटरी प्याड सहयोग

महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य वृद्धि गरेको चर्को बिरोध भइरहेकको समयमा सहयोगि हातहरुको समूह नागढुंगा युवा क्लबले , चन्द्रागिरी –०२ नागढुंगा स्वास्थ्य चौकिलाई मिती २०७८ असोज १२ गते एक कार्यक्रम बिच निशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । स्वास्थ्य चौकिमा आउने महिलाहरुलाई लक्षित गर्दै नागढुंगा युवा क्लबले जुनी स्यानिटरी प्याड सहयोग गरेको हो । रजस्वला हरेक महिलामा हुने नियमित प्रक्रिया हो,’ यसलाई विलासिताको साधनको सूचिमा राख्न नहुने,यसमा कर र भन्सार मूल्य महंगो बनाउन नहुने क्लबका सदस्यहरुले बताएका छन् । महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्यानिटरी प्याडलाई विलासिताको साधनको रुपमा हेरिनु नहुने, तथा यो निशुल्क दिइनुपर्ने स्वास्थ्य चौकिका प्रमुख कृष्ण अधिकारी ज्यू ले बताउनु भएको छ । साथै यस्तो सहयोग आगामी दिनमा पनि गरिरहने प्रतिवद्धता नागढुंगा युवा क्लबले युवा पोष्टलाई जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]