06:43:59 pm 20-Oct-2021

पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु


पाकिस्तानको बलोचिस्तानमा भूकम्प जाँदा कैयौँको मृत्यु

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । भूकम्पले भत्काएका घरहरूका भग्नावशेषहरूमा मानिसहरू पुरिएका अनुमानका माझ विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । ठूलो संख्यामा भवनहरू क्षतिग्रस्त भएका कारण सयौँ व्यक्ति घरबारविहीन भएका जनाइएको छ । सबैभन्दा धेरै क्षति प्रान्तको हरनाई जिल्लामा भएको छ । प्रान्तीय राजधानी क्वेटाको पूर्वमा रहेको हरनाईमा ठूलो संख्यामा कोइला खानी छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]