06:47:32 pm 20-Oct-2021

बसन्त चौधरीको स्वास्थ्य अवस्थामा सुधार


बसन्त चौधरीको स्वास्थ्य अवस्थामा सुधार

परिवारसँग छुट्टी मनाउन दुबई पुग्नुभएको बखत स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित हुनुभएका नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उहाँको मुटुको शल्यक्रिया भएको हो ।शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो ।सर्जरीपछि हाल उहाँ पोस्ट अपरेटिङ केयरमा हुनुहुन्छ । अब २ दिन सो युनिटमा राखेर उहाँलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । उहाँ केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई जानुभएको थियो । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना हुनुभएको थियो । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उहाँको मंगलबार शल्यक्रिया गरिएको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]