08:14:28 pm 20-Oct-2021

बालबालिकालाई दिने खोप पुस मसान्तभित्र आउने


बालबालिकालाई दिने खोप पुस  मसान्तभित्र आउने

विद्यालयहरूमा भौतिक उपस्थितिमा तत्कालै अध्यापन सुरु गर्ने या नगर्ने विषयमा बहस चलिरहँदा सरकारले १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुस मसान्तभित्र आइपुग्नसक्ने बताएको छ। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ताले उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । हालसम्म नेपालले १८ वर्ष भन्दा बढीको उमेर समूहलाई मात्रै कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउँदै आएको छ।असोज १ गतेसम्म झन्डै ६१ लाख नेपालीले पहिलो मात्रा र ५५ लाख भन्दा बढीले दुवै मात्रा खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्। विश्व ब्याङ्कले मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपियाँ भन्दा बढी आर्थिक सहयता उपलब्ध गराएको थियो। उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको बताइन्छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]