06:16:18 pm 20-Oct-2021

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई


भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई

यस वर्ष सन् २०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ।जटिल भौतिक प्रणालीहरूको बुझाइमा ऐतिहासिक योगदान गर्ने वैज्ञानिकहरू स्युकोरो मानाबे, क्लाउस ह्यासलम्यान र जर्जियो पेरिसीलाई सन् २०२१ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।

मानाबे र ह्यासम्यानले वातावरणमा कार्बनडाइअक्साइडको स्तर बढ्दा पृथ्वीको सतहमा तापक्रम बढ्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण प्रस्तुत गरेकाले पुरस्कार पाएका हुन् भने जर्जियो पेरिसीलाई आणविक तहदेखि ग्रहीय तहसम्म भौतिक प्रणालीमा अव्यवस्था र उँचनीचको अन्तर्क्रिया पत्ता लगाएकोमा पुरस्कृत गरिएको हो । मानाबे र ह्यासम्यानलाई पुरस्कारको आधा रकम अनि पेरिसीलाई अर्को आधा रकम बाँडिनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]