02:05:03 pm 21-Sep-2021

माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र


माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र

एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।एमालेले संसद् सचिवालयमा पत्र पठाएर पार्टीको निर्णय विपरीतका क्रियाकलाप गरेको भन्दै माधव नेपालसहित १४ जना सांसदको पद खारेज  गर्न माग गरेको छ । पार्टी स‌सदीय दलको बैठकले पदमुक्त गर्ने निर्णय गरेको र सङ्घीय संसदले पनि खारेज गर्नुपर्ने पत्र संसद् सचिवालयमा दर्ता भएको एमालेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । पदमुक्त भएका नेताहरूमा माधव नेपालसहित विरोध खतिवडा, रामकुमारी झाक्री, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, सरला यादव, कलिला खातुन, मेटमणि चौधरी, कृष्णलाल महर्जन र भवानी खापुङ रहेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]