10:33:33 pm 21-Sep-2021

यी हुन् मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा दिने देशभरका ७० अस्पताल


नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला  बिग्रीरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन्। यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्।

सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ। मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ७० वटा अस्पताललाई सूचिकृत गरेको छ। यी अस्पतालबाट विपन्न बिरामीले उपचार र निःशुल्क डायलाइसिस सेवा पाउने छन्।

आवश्यक कागजी प्रक्रिया पुरा गरेका विपन्न बिरामीको उपचारका लागि सरकारले सूचिकृत गरेका ७० अस्पतालको सूची यस्तो छ।

स्वास्थ्य खबरबाट साभार

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]