01:13:08 pm 21-Sep-2021

रेडपाण्डाको छालासहित ३ जना पक्राउ


रेडपाण्डाको छालासहित ३ जना पक्राउ

प्रहरीले कपिलवस्तुको वाणगंगा नगरपालिका ४ सिद्धीपुरस्थित बराल होटलबाट रेडपाण्डाको छाला, पुच्छरसहित अवैध कारोवार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं.५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर बरामद गरेको हो । ऐन अनुसार यस प्रकारको मुद्धामा दोषी प्रमाणित भए १० वर्ष कैद र ५ लाख रुपैयाँसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]