01:37:50 pm 21-Sep-2021

लश्कर गाहको सडकमा ४० शव, शव कस्को भनी यकिन नभएको


लश्कर गाहको सडकमा ४० शव, शव कस्को भनी यकिन नभएको

अफगानिस्तानको एक प्रमुख शहर लश्कर गाह कब्जाका लागि तालिबान विद्रोही र सरकारबीच भीषण लडाइँ भइरहेको छ । संयुक्त राष्ट्रसङ्घले मङ्गलवार लश्कर गाह सहरमा अघिल्लो दिन मात्र कम्तीमा ४० सर्वसाधारण मारिएको जनाएको छ । सडकमा शवहरू रहेको तर सो शवहरु सर्वसाधारणका हुन् या तालिबानका हुन् यकिन नभएको जानकारी प्राप्त भएको छ । यो वर्ष मात्रै सरकार–तालिबान द्वन्द्वका कारण १ हजार ६ सय जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

आगामी सेप्टेम्बर महिनासम्म अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणासँगै तालिवानले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा आफ्नो पकड बनाउने रणनीति बनाए पनि अहिलेसम्म तालिबानले कुनै पनि राज्यको राजधानीमा कब्जा जमाउन सकेको छैन । ग्रामीण क्षेत्रहरुबाट हजारौं मानिस विस्थापित भई सहरका पक्की भवनमा शरण लिइरहेको बीबीसी ले उल्लेख गरेको छ । यसै वर्ष मात्र ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । विस्थापितमध्ये केहीले छिमेकी शहर तथा गाउँ र केहीले छिमेकी मुलुक ताजिकिस्तानमा समेत शरण लिन पुगेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]