02:55:53 pm 21-Sep-2021

सर्वदलीय बैठक संघीय संसद भवनमा जारी


सर्वदलीय बैठक संघीय संसद भवनमा जारी

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक नयाँबानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा केहीबेर अघि सुरु भएको छ । बैठक शुरु भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित भएको छैन । सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै आएको एमालेले यसअघि नै सभामुखले बोलाएको बैठकमा नजाने निर्णयसहित सन्देश पठाएको थियो । आजको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर लगायतका नेताहरूको उपस्थिति रहेको छ । बैठकमा प्रतिनिधि सभाको चालु नवौँ अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]