01:18:39 pm 21-Sep-2021

सूचना विभागको कार्ड अब अनलाइनबाटै, उपत्यकाबाहिरका सेवाग्राहीलाई हुलाकबाट पठाइने


सूचना विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने आज मंगलबार एक सूचना जारी गर्दै जानकारी दिएको छ । विभागका अनुसार नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरू अब देखिअनलाइनमार्फत नै हुनेछन् । यसका लागि सेवाग्राहीले सूचना विभागको वेबसाइटबाट आवेदन दिनुपर्नेछ । सेवाग्राहीको प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र काठमाडौंउपत्यकाको हकमा निवेदन दिएको भोलिपल्टबाट विभागबाट उपलब्ध गराइने छ भने उपत्यकाबाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको मागअनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]