बिहेको खबरमा पहिलो पटक आयो मौनीको प्रतिक्रिया, यस दिन गोवामा विवाह गर्दै
युवा पोस्ट, माघ १२, २०७८, बुधबार ,
अभिनेत्री मौनी रोय लामो समयदेखि विवाहको खबरले चर्चामा छिन् । सबै अड्कलबाजी पछि, अभिनेत्रीले अन्ततः आफ्नो विवाहको खबर पुष्टि गरीन् । हालै नायिकाले यस्तो प्रतिक्रिया दिएकी छिन्, जसपछि अब उनको विवाहसँग जोडिएको हरेक समाचारलाई विश्वास गर्न सकिन्छ । बधाईको लागि धन्यवाद भनिन् मौनी सोमबार मुम्बईमा देखिएकी थिइन् । अभिनेत्रीलाई उनको आगामी विवाहको लागि पापाराजीले बधाई दिएका थिए, त्यसपछि मौनी केही समय चुप बसिन् तर त्यसपछि धन्यवाद भनिन्। मौनीले छिट्टै विवाह बन्धनमा बाँधिदै मिडिया रिपोर्टका अनुसार मौनी रोयले आफ्ना प्रेमी सूरज नाम्बियारसँग २७ जनवरीमा विवाह गर्दैछिन् । सुरज दुबईका व्यापारी हुन् ।