भारतीय टेलिभिजनका लोकप्रिय कलाकार सिद्धार्थ शुक्ला ४० वर्षको उमेरमाआज निधन भएको छ । ४० बसन्त पार गरेका शुक्लालाई हृदयाघात भएको र त्यसकै कारण निधन भएको अस्पतालले जनाएको छ।उनले मोडलिङबाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले टेलिचलचित्र ‘बाबुल का अंगना छूटे ना’ बाट अभिनयको दुनियामा कदम राखेका थिए। यसपछि धेरै टेलिचलचित्रमा काम गरेको भए पनि उनलाई ‘बालिका बधु’ बाट पहिचान मिलेपनि ,सानो पर्दामा संघर्ष गरिरहेका शुक्लालाई बिग बोस १३ को विजेता बनेपछि अझै फराकिलो पहिचान मिलेको थियो । करण जौहरको चलचित्र ‘ेहम्टी शर्मा कि दुल्हनीया’बाट चलचित्रमा प्रवेश गरेका थिए । यो चलचित्रमा उनले सहायक अभिनेताको भूमिका निभाएका थिए । सिद्धार्थ फिट थिए र उनलाई मुटु सम्बन्धि केही पनि समस्या थिएन । यस्तोमा सिद्धार्थको अचानक मृत्यु हुँदा धेरैजना शोकमा छन् ।