बेलायतले छिट्टै कोविड परीक्षणबाट राहत दिने : दुबै खोप लगाएका विदेशी यात्रुहरूले राहत पाउने, प्रधानमन्त्री जोनसनको घोषणा
युवा पोस्ट, माघ ११, २०७८, मंगलबार , बेलायत जाने विदेशी यात्रुले छिट्टै कोभिड परीक्षण गराउने झन्झटबाट मुक्त हुन सक्नेछन् । दुवै खोप लगाइएका वा पूर्ण खोप लगाइएका वा दोहोरो खोप लगाइएका व्यक्तिहरूले बेलायत आइपुगेपछि कोभिड परीक्षण गराउनु पर्दैन। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चाँडै नै व्यापार र यात्राका लागि देशको ढोका खोलिने बताएका छन् । उनले भनेका छन् ,”तपाईंले यो परिवर्तन छिट्टै देख्नुहुनेछ ताकि युके आउने यात्रुहरूले खोप वा दोहोरो खोप लगाइएका छन् भने उनीहरूले कोभिड परीक्षण गर्नुपर्दैन।”