नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भिसा समस्याका कारण नेपाल बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गर्नुभएको छ । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उहाँको भनाइ छ ।महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको बेलायत भिसा र अध्यागमन विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौंस्थित बेलायती दूतावासबाटै निजीक्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाईहरु र समस्याहरुको सामना गर्नु परिरहेको छ, वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, यसरी हामी सरोकारवाला बीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुनेछ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरल रूपमा भिसा उपलब्ध हुनेछ।नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उहाँको भनाइ छ।सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायत तर्फ निकासी को हिस्सा १।७ प्रतिशत मात्र छ भने आयातमा बेलायतको हिस्सा ०।१६ प्रतिशत मात्र रहेको जानकारी दिनुभयो।नेपाल र बेलायत बीच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबको दिनमा निजी क्षेत्रमार्फत उचाइमा पुर्याउन सकिने उहाँको विश्वास छ।नेपाल र बेलायत बीच निजीक्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै उहाँले यसका लागि महासंघ सहित नेपाल(बेलायत उद्योग वाणिज्य संघले काम गरिरहेको जानकारी दिनुभयो ।