बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका तिन व्यक्ति पक्राउ
बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका तीन प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठ, टोखा नगरपालिका-२ का ४८ वर्षीय मिलन डंगोल र काठमाडौं-१३ का ६३ वर्षीय देवनारायण महर्जन रहेका छन्। पवित्रा श्रेष्ठलाई उच्च अदालत पाटनले खातामा पर्याप्त मौज्दात नभएको चेक दिएर झुक्याएको आरोपमा उनलाई २०७७ चैत १ गते तीन दिन कैद र १४ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो । यस्तै, सात दिन कैद र १५ लाख जरिवानाको फैसला भएका ४८ वर्षीय मिलन डंगोल र ५ दिन कैद र १५ लाख जरिवानाको फैसला भएका ६३ वर्षीय देवनारायण महर्जन लाई क्रमशः टोखा र कलंकीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो निर्देशक धिरजप्रताप सिंहले बताएका छन् ।धिरजप्रताप सिंह का अनुसार अदालतबाट दोषी भएका तथा खोजी भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखेर खोजि गरिरहेको समेत उनले बताएका छन् ।