दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेले बोलिभियालाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार बिहान भएको खेलमा उरुग्वेले ४–२ को जित हात पारेको हो ।यो जितपछि उरुग्वे ८ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा सात खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल २१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित रहेको अर्जेन्टिना १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।