09:01:19 am 03-Jul-2022

ब्यबसायी मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहारको किटानी जाहेरी दर्ता


ब्यबसायी मनोज पाण्डेविरुद्ध यौन दुर्व्यवहारको किटानी जाहेरी दर्ता

युवापोष्ट ९ जेठ, काठमाण्डौं । हिजो आईतबार मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध नाबालिका बिरुद्ध यौन दुर्व्यबहार गरेर बालबालिका बिरुद्धको कसूर गरेको भन्दै किटानी जाहेरी दर्ता भएको छ । नाबालिकाबिरुद्ध यौन दुर्व्यवहार गरेर बालबालिका बिरुद्धको कसूर गरेको निष्कर्षसहित बालबालिका सम्बन्धी ऐनअनुसारको कसूरमा जाहेरी दर्ता भएको जानकारी प्राप्त भएको छ । यस अघि गृह मन्त्रालयले केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। साथै मन्त्रालयले सो भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ। समितिले शुक्रबारबाटै काम सुरु गरेको जानकारी पनि गृह मन्त्रालयले दिएको छ।  

८ वर्ष अघि पाण्डेले सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूलाई जबरजस्ती करणी गरेको खुलासा गर्दै भिडियो सन्देश सार्वजनिक गरेपछि पाण्डे शनिबार पक्राउ परेका थिए । पाण्डे पक्राउ गरे पनि   जबरजस्ती करणीको कसूरमा उजुरी दर्ताका लागि हदम्यादको अवधि एक वर्ष मात्र रहेको छ । जसले गर्दा कानूनी प्रक्रिया अघि बढाउन जटिलता छ ।  त्यसपछि बलात्कारको मुद्दामा हदम्याद बढाउन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शन भए । तर बालबालिका विरुद्धको कसूरमा मुद्धा चलाउन सकिने निष्कर्ष सहित पिडित नावालिकालाई सोही कसूरमा किटानी जाहेरी दिन लगाईयो ।

संसदमा पनि यस विषयले प्रवेश पायो, सभामुख अग्निप्रसाद सापकोटाले तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरा ल्याउन सरकारलाई रुलिङ गरे । त्यसपछि गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्‍यो । शनिबार आरोपी पाण्डेलाई पक्राउ गर्‍यो ।

सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारबारे सार्वजनिक गरेकी युवतीको जाहेरी चाहिँ कुन कसूर अन्तरगत अघि बढाउने भन्ने टुंगो लागि नसकेको जानकारी छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]