ब्रह्माण्डको रहस्य पत्ता लगाउन खर्चियो १० अर्ब डलर
युवा पोस्ट, मंसिर ९,२०७८,
जेम्स वेब स्पेस नामक टेलिस्कोप अहिलेसम्म निर्माण गरिएकामध्ये सबैभन्दा शक्तिशाली टेलिस्कोप हो। अमेरिकी अन्तरिक्ष निकाय नासाले उक्त टेलिस्कोपलाई डिसेम्बर महिनाको उत्तरार्धमा अन्तरिक्षमा पठाउने योजना बनाएको छ। यसको प्रयोगबाट ब्रह्माण्डबारे धेरै नयाँ तथ्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरूको छ। यो टेलिस्कोपको निर्माण गर्न १० अर्ब डलर खर्च भएको छ।