ब्रोकर र लगानीकर्ता दुबैले प्यान रुजु गराउनपर्ने– नेप्से
ब्रोकर र लगानीकर्ता दुबैलाई लाई स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आग्रह गरेको छ ।लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको हुनाले स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न ब्रोकर र लगानीकर्तालाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आग्रह गरेको हो ।फरक – फरक प्यान प्रविष्टि गर्दा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ । प्यान नम्बर फरक फरक प्रविष्टिका कारण समस्या आएकाले ब्रोकर र लगानीकर्ता स्वयंलाई स्थायी लेखा नम्बर रुजू गर्न नेप्सेले भनेको हो ।