07:16:04 pm 25-May-2022

भारतको अमृतसरमा सिख धर्मग्रन्थको ‘अपमान’ गर्न खोजेको भन्दै स्वर्ण मन्दिरमा कुटीकुटी एक जनाको हत्या


भारतको अमृतसरमा सिख धर्मग्रन्थको ‘अपमान’ गर्न खोजेको भन्दै स्वर्ण मन्दिरमा कुटीकुटी एक जनाको हत्या

युवा पोस्ट, पौष ४ ,२०७८,

भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा एक व्यक्तिले अपवित्र कार्य गरेको आशङ्कामा उनलाई कुटेरै उनको हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर प्रार्थनाका बेला भएको थियो । सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ (गुरु ग्रन्थ साहिब) राखिएको हुन्छ। ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरी गर्भगृहमा गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेसँगै त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन उनीमाथि जाइलागेका र उनीहरुले पिटेकै कारण उक्त व्यक्तिको ज्यान गएको बताइएको छ । प्रहरी घटनास्थलमापुग्नु पूर्व नै उक्त व्यक्ति मृत पाइएको प्रहरीले जनाएको छ ।मुख्यमन्त्री चरणजित सिंह चान्नीले यस कायरतापूर्ण कार्यको वास्तविक उद्देश्य र वास्तविक षड्यन्त्रकारीहरू पत्ता लगाउन सम्पूर्ण मामिलाको गहिरो अनुसन्धान गर्न राज्यका प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]