भारतको मध्य प्रदेशमा ‘खडेरी अन्त्य’ गर्न भन्दै बालिकाहरूलाई निर्वस्त्र हिँडाइयो
भारतको मध्य प्रदेशको एक गाउँमा वर्षा नभएपछि छ बालिकालाई निर्वस्त्र गाउँ घुमाइएको छ। बुन्देलखण्ड क्षेत्रको खडेरी परेको एउटा गाउँमा ती बालिकालाई भ्यागुतो बाँधिएको काठको मुढो बोकाएर हिँडाइएको भिडियो बारे सामाजिक सञ्जालमा चर्चा भएको छ। स्थानीय बासिन्दाहरू सो कार्यले वर्षाको “भगवान् खुसी हुने र पानी पर्ने” विश्वास गर्छन्। एक भिडियोमा बालिकाहरू सँगै हिँडेको र उनीहरूको पछिपछि महिलाहरूको एक हुल भजन गाउँदै हिँडेको देखिन्छ। निर्वस्त्र हिँडाइएका बालिकाहरू पाँच वर्षको भएको बताइएको छ।