भारतको CRPF क्याम्पमा एक जवानले गोली हानी गरे आत्महत्या
युवा पोस्ट, पौष ४ ,२०७८,
जम्मु कश्मीरको गान्दरबल जिल्लाको गुन्डमा रहेको शिविरमा एक सीआरपीएफ जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्। मृत्यु हुने जवान देवनाथ यादव रहेका छन् । उनी युपीको मिर्जापुरका बासिन्दा थिए। देवनाथले आफ्नो सर्भिस राइफलले आफैलाई गोली हानेका थिए । गोली लागेपछि उनलाई अस्पताल लगिएको थियो तर बातोमै उनको मृत्यु भइसकेको थियो ।उनले किन आत्महत्या गरे भन्ने जानकारीमा आएको छैन ।