युवा पोस्ट, मंसिर २० ,२०७८, भारतमा थप १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आइतबार एकैदिन उक्त भेरियन्टका १७ संक्रमित थपिएका हुन् । थपिनेमा महाराष्ट्रमा ७, राजस्थानमा ९ र दिल्लीमा १ व्यक्तिमा ओमिक्रोन भेरियन्टसहितको कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ ।दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण अन्य देशमा पनि देखिन थालेको छ । यो भेरियन्ट यसअघिका भेरियन्टको तुलनामा निकै संक्रामक देखिएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट चिन्ताको विषय भएको जनाएको छ ।