भारतमा ओमिक्रोनबाट सङ्क्रमित व्यक्ति फेला पर्न सुरु
युवा पोस्ट, मंसिर १७,२०७८,
दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट फेला परेको पुष्टि भएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरिअन्ट फेला परेको पुष्टि भएको हो । अधिकारीहरूका अनुसार ती सङ्क्रमित व्यक्तिमध्ये एक जना दक्षिण अफ्रिकाबाट आएका यात्रु र अर्का कर्नाटककै चिकित्सक हुन्।सरकारी अस्पतालमा कार्यरत चिकित्सकको भने कुनै “ट्राभल हिस्ट्री” छैन।
बुधवारदेखि लागु हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बाङ्ग्लादेश, हङ्कङ र इजरेलबाट आउने यात्रुलाई कडाइ गरेको छ।भारत आइपुग्नासाथ ती यात्रुको परीक्षण गरिनेछ र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइनेछैन।सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ।कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारन्टीनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ।